गोरखा क्षेत्र नं २ः माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता

गोरखा | मंसिर ६, २०७९

गोरखा क्षेत्र नं २ः माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता तस्बिर फाइल

गोरखाः   प्रतिनिधिसभा सदस्य  गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ ।
 

पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै नेकपा ९एमाले०का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गर्नुभएको छ । 


क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।


त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ (१) मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्